सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्कुल क्रीकेट लिग असार ३१ देखि हुने

२०७६ असार १५, ११:३८ खबर संवाददाता

स्टार प्रोडक्सनको आयोजनामा यहि असार ३१ गतेदेखि महेन्द्रनगरको कबडहलमा सुदूरपश्चिम स्कुल क्रीकेट लिग हुने भएको छ।  झण्डै १० दिनसम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी  १६ विद्यालयको सहभागीता रहेने आयोजकले जनाएको छ। यसअघि असार १४ गतेदेखि हुने भनिएको प्रतियोगिता परिक्षाका कारण सारिएको हो।

प्रतियोगिता अन्तरगत प्रथम हुने विद्यालयलाई नगद ५५ हजार पुरस्कार सहित ट्रफी प्रमाणपत्र मेडल र दोस्रो हुने विद्यालयलाई २५ हजार ट्रफी प्रमाण पत्र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क १० हजार कायम गरिएको छ। प्रतियोगिताका संयोजक अविनास जोशीले दर्ता शुल्क वापतको ५ प्रतिशत रकम कलेजो तथा फोक्सोका क्यान्सरबाट  पीडित राष्ट्रिय खेलाडी केशब सिहलाई सहयोगार्थ प्रदान गरिने बताए। 

कमेन्ट लोड गर्नुस