सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईमा सुदूरपश्चिमको नतिजा कमजोर

२०७६ असार १२, ०५:५४ खबर संवाददाता

२०७५ साल चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको नतिजा सार्वजनिक गरेको हो। नतिजामा सुदूरपश्चिम अन्य प्रदेशभन्दा कमजोर देखिएको छ। सुदूरपश्चिम प्रदेशमा सहभागी भएका विद्यार्थीहरु मध्ये सुन्य दशमलव ५ प्रतिशत परीक्षार्थीले मात्रै उच्च जीपीए अंक ल्याएका छन्।

सुदूरपश्चिमबाट ५० हजार ६ सय १० परिक्षार्थी एसईईमा सहभागी भएकोमा २ सय ५१ जनाले मात्रै उच्च जिपिए ल्याएका हुन्। ७ प्रदेश मध्ये सुदूरपश्चिम कर्णाली भन्दा मात्रै अगाडी रहेको छ। ३ दशमलव ६० देखि ४ सम्म जिपिए ल्याएमा उच्च जिपिए मानिन्छ।

कमेन्ट लोड गर्नुस