सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चट्याङ लागेर ७ पशुचौपाया मरे

२०८१ पुष १४, ११:३१ खबर संवाददाता

बैतडीः बैतडीमा चट्याङ लागेर ७ पशुचौपाया मरेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा शनिबार दिउँसो परेको चट्याङले घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। विद्युतको लाइनमा परेको चट्याङले क्षति पुगाएको हो।

चट्याङ लागेर सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एक भैंंसी मरेको छ भने धुलिधारमा ६ पशुचौपाया मरेका छन्। यस्तै पदमराज अवस्थीको एक बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरीले जनाएको छ।

यस्तै चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन्। शनिबार बिहान गोपाल दमाइको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस