सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकमा बम विस्फोट हुंदा ५ प्रहरीको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार ११, ०६:०३

इराकमा बम विस्फोटमा परि ५ जनाको मृत्यु भएको छ। इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा परी पाँचजना संघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीयरुपमा नै सुधार आएको बताइन्छ। यद्यपि, ग्रामीण इलाकामा अझैपनि आइएस आतंककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ। रासस

कमेन्ट लोड गर्नुस