सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिन्धुलीमा कार दुर्घटना हुंदा दुई जनाको मृत्यु, दुई जना घाइते

। फोटो स्रोत ।
२०७६ असार १०, १०:०९

सिन्धुलीमा कार दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको  छ भने दुई जना घाइते भएका छान्। खोटाङ हलेसीबाट काठमाण्डौ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा दुर्घटना हुंदा एकै परिवारका दुईजनाको मृत्यु  भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उनकी बुहारी ४५ वर्षीया हेमा लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए। उनका अनुसार  चालक ५८ वर्षीय दीपक लामिछाने (मृतक हेमाको श्रीमान) र २६ वर्षीय आस्था लामिछाने (अच्युतको छोरी) घाइते भएको र उनीहरुलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस