चलचित्र ‘प्रेम गीता’को छायांकन सुरु
काठमाडौंः अभिनेत्री जान्ह्वी बस्नेतको शीर्ष भूमिका रहने फिल्म ‘प्रेम गीता’को छायांकन सोमबारदेखि काभ्रेको पाँचखालमा सुरु भएको छ।
जान्ह्वी दुई वर्षपछि फिल्ममा फर्किएकी हुन्। बस्नेतको पछिल्लो फिल्म ‘चोर र पुलिस’ थियो। आगामी फिल्म ‘प्रेम गीता’लाई राजेन्द्र बस्नेतले डेब्यु निर्देशन गर्नेछन्। उनले यसअघि ‘कम्पन’ र ‘काउसो’मा लगानी गरेका थिए।
फिल्ममा जान्ह्वीसहित सुशील पोखरेल, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानषी शर्मा, दिप्सन लिम्बू, मौसम खड्का र ममता माझीको अभिनय हुने जनाइएको छ। अयाज अलि खान निर्माता छन्
काठमाडौं र काभ्रेमा २५ दिनसम्म छायांकन हुनेछ। फिल्ममा मौनता श्रेष्ठको पटकथा, रामेश्वर हुमागाईंको छायांकन, भरत बस्नेतको संगीत, राजु किरातको द्वन्द्व, रामजी लामिछानेको नृत्य र रवि केसीको श्रृंगार हुनेछ।