नेपालको यू–१९ टोलीले जित्यो कर्नाटकविरूद्धको सिरिज
काठमाडौंः पाल यू–१९ टोलीले कर्नाटकविरूद्धको सिरिज जितेको छ। आज भएको अन्तिम तथा पाँचौ खेलमा कर्नाटकविरुद्ध ७ विकेटको शानदार जित निकाल्दै नेपाली टिमले सिरिजमा ३–२ को जित निकालेको हो।
आज भएको अन्तिम खेलमा नेपालले कर्नाटकलाई ७ विकेटले पाखा लगायो। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३९।५ ओभरमा पूरा ग¥यो। नेपालको जितमा ओपनर आकाश त्रिपाठीले नटआउट ८९ रन र नरेन भट्टले नटआउट १८ रन जोडे।
आकाशले १०५ बल खेल्दा ७ चौका र १ छक्का हिर्काए। त्यसअघि मयन यादवले पनि नेपालका लागि अर्धशतक प्रहार गरेका थिए। मयनले ५० रन बनाउन ६६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यस्तैै अर्जुन कुमालले २१ रन थपे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा १९१ रन जोडेको थियो।
उसका लागि कप्तान रोहितले सबैभन्दा बढी ४१ रन जोडे। बलिङमा नेपालका कप्तान हेमन्त धामीले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३४ रन दिए। अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले २–२ विकेट लिए। नेपाल र कर्नाटकविरुद्धको सिरिजमा कर्नाटकले पहिलो र चौथो खेल जित्दा नेपालले दोस्रो, तेस्रो र पाँचौ खेलमा जित निकालेको हो।
यू–१९ एसिया कपको तयारीअन्तर्गत नेपालले सिरिज खेलेको हो। यू–१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ।