सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी विधेयक खारेज गर्न माग

। फोटो स्रोत ।
२०७६ असार ८, ०३:१२

राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ। केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताए।

‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दैछ, राप्रपाको बैठकको निर्णयमा भनिएको छ। अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाउंदैे गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए। राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस