सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकलाई किताब पढ्ने कोटा तोक्न सुझाव

२०७६ असार ८, १२:४९

नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकलाई किताब पढ्ने कोटा तोकिनि सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शुन्य समयमा बोल्दै वर्षमा कति किताब पढ्न पाउने भन्नेबारे कोटा तोकिदिन सुझाव दिंद नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए। सरकारले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने भन्दै गरेको सो निर्णयको उनले आलोचना समेत गे।

नेपाली प्रकाशकले अन्य मुलुकमा छापेर ल्याउने किताबमा यसअघि नै लगाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव नल्याएको तर्क गर्दै उनले भने,  ‘किताबलाई महँगो बनाउँदै किताबलाई नियन्त्रण गर्नु प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु हो।’ ‘विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक लिएर आउन पाउंछन कोटा तोकिदिन सुझाव दिंदै त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा पार्न पनि सुझाव दिए। 

कमेन्ट लोड गर्नुस