धनगढीमा क्रिकेट माहौल बनाउन र्याली
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले क्रिकेट खेलको माहौल बनाउन धनगढीमा सोमबार र्यालीको आयोजना गरेको छ।
धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरिएको र्यालीमा क्रिकेट समर्थकको सहभागिता रहेको थियो। सुदूरपश्चिमले र्यालीमा टोलीको मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीलाई पनि सहभागी गराएको थियो। सुदूरपश्चिमले एनपीएलका लागि केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने जनाएको छ। एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ।