सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत

२०८१ कार्तिक ९, १०:४५ खबर संवाददाता

धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन्। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन्। हिमेश्वरीको जन्म २०५८ फागुन १६ गते  बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गिता भट्टको कोखबाट भएको हो। भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन्।

कमेन्ट लोड गर्नुस