सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसटिएस सेनामा हलमा नायक विराज भट्टले आमा खोजेपछि ...

आमा भागरथी, छोरा समिरको साथमा अभिनेता विराज भट्ट
आमा भागरथी, छोरा समिरको साथमा अभिनेता विराज भट्ट
२०८१ कार्तिक ८, ०३:३९ खबर संवाददाता

धनगढी: चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन। दशैँको फूलपातीबाट दर्शनीमा आएको चलचित्र १२ गाउँको प्रमोसनका लागि उनीहरु धनगढी आएका हुन।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि धनगढीमा छन्। चलचित्र खुकुरीमा सहायक भूमिका र चलचित्र अग्नि पथबाट चलचित्रको मुख्य भूमिकामा अभिनय सुरु गरेका विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गरेका छन्। बिहिवार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिन। अभिनेता विराज र समिर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए। उनकी आमा भागरथी चलचित्र १२ गाउँ हेर्न धनगढीको एसटिएस सिनेमा हलमा पुगेकी हुन।

कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। ४४ वर्षीय भट्टले अन्य नेपाली अभिनेताहरू भन्दा उच्च शुल्क लिने गरेका छन। नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन्। पहिलो पटक चलचित्र १२ गाउँबाट डेब्यु गरेको समिर र अर्का सनिर गरेर विराजका दुई जना छोरा छन्। विराज भट्टले कैलालीको गेटामा रहेको सरस्वती माध्यमिक विद्यालय, डडेल्धुरा र भारतको देहरादुनबाट शिक्षा आर्जन गरेका हुन। उनकी जीवनसाथीको नाम सरस्वती भट्ट हो।

 

कमेन्ट लोड गर्नुस