सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प : १६ जना घाइते

। फोटो स्रोत ।
२०७६ असार ४, ०४:०८

बुधबार जापानमा शक्तिशाली भुकम्प गएको छ। जापानको उत्तरी भेगमा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प जाँदा १६ जना सामान्य घाइते भएका छन भने केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्। जापानको मौसम विज्ञान विभागले सुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ। समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए। भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो। जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस