सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट २० वटा बेलीब्रिज ल्याउँदै सरकार

२०८१ असोज २२, ०५:५० खबर संवाददाता

काठमाडौँः नेपाल सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ।

हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो। सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्।

उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए। सिन्धुपाल्चोकको बाढीप्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघका तीनजना मन्त्री आज चौतारा पुुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा क्षतिबारे छलफल भएको थियो।

मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयबासिन्दासँग छलफल गरेका थिए।
 

कमेन्ट लोड गर्नुस