सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बस दुर्घटना, १० जना घाइते (अपडेट)

२०८३ असार ५, ०७:२९ खबर संवाददाता

बैतडीः बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो।

दुर्घटनापछि घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस