सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवा आयोगले दरखास्त म्याद एक हप्ता थप्यो

। फोटो स्रोत ।
२०७६ असार ३, ०३:५७

लोकसेवा आयोगको दरखास्त म्याद एक हप्ता थपिएको छ। लोकसेवा आयोगले देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि गत जेठ १५ गते प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने अन्तिम म्याद आज सम्म थियो।

आयोगले गएको जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने आज अर्थात असार ३ गते अन्तिम म्याद थियो। अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएको र सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएको भन्दै म्याद थप गरिएको आयोगका प्रवक्ता देवी प्रसाद सुवेदीले बताए।

उनले मंगलबार निर्णय गरी असार १० गतेसम्म म्याद गप गरिएको जानकारी दिए। उक्त निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस