सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया रग्बीमा नेपाल पराजित

२०८१ असोज १८, ०७:५३ खबर संवाददाता

काठमाडौँः एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो। प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो। यसअघि भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को स्कोरले पराजित भएको थियो।

आजै भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ। चाइनिज ताईपेइले अफगानिस्तालाई २६–७ को स्कोरमा पराजित गर्यो।

त्यस्तै पुरुषतर्फ भारतले श्रीलङ्कालाई २९–१० को स्कोरमा पराजित गरेको थियो भने जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो। भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताईपेइ र श्रीलङ्का रहेका छन्।

प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ। यसैगरी आजै भएको महिलातर्फको खेलमा नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पारजित भएको छ। यो नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ३२–० को स्कोरमा पराजित भएको थियो। 
 

कमेन्ट लोड गर्नुस