सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट एकैदिन ११ लाख बढीको अवैध सामान बरामद

२०८१ असोज १७, १०:५२ खबर संवाददाता

धनगढीः प्रहरीले दुई जिल्ला कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अबैध सामान बरामद बरामद गरेको छ। बुधवार कैलालीको धनगढी, कैलारी र कञ्चनपुरका भीमदत्त नगरपालिका र बेदकोटबाट भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका–२ मिलन चोक र दिपटोल, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–७ मनेहरा, धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट र कैलारी गाउँपालिका–१ बिशनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ४ लाख ६७ हजार २५० रुपैयाँ बराबरको प्याज, चिनी, सुटपिस, कुर्ती, धोती, ब्लाउज, अण्डरवेयर, गन्जी, फ्रक, लेहेङगा, बुफर, जुत्ता, चप्पल, मोटरसाईकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ र ३ भाँसी, भीमदत्त नगरपालिका–११ चौकीसत्ता र बेदकोट नगरपालिका–७ लालपुबाट ५ लाख ५९ हजार ६९० रुपैयाँ बराबरको जुत्ता, चप्पल, रेकर्ड फायल, बेल्ड, पर्स, हार्डवेयर, किरना लगायतका सामान बरामद गरिएको छ।

कमेन्ट लोड गर्नुस