सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु

२०८१ असोज १५, ०३:२६ खबर संवाददाता

दार्चुलाः नेपाली सेनाद्वारा निर्माण भइरहेको तिंकर सडकमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।

सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार डाँगीलाई उपचारका लागि खलंगा ल्याउने क्रममा सोमबार राति सुन्सेरा क्षेत्रमा पुग्दा उनको मृत्यु भएको हो।

दार्चुला–तिंकर सडकखण्डअन्तर्गतको व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा माथिबाट आएको ढुङ्गा लागेर ती मजदुर घाइते भएका थिए। दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट खसेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस