सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामी बड्डो र अनु खड्काको ‘दुई वचन बोलिजा’ म्युजिक भिडियो सार्वजनिक

२०८१ असोज १२, ०९:२४ खबर संवाददाता

धनगढी: चर्चित कलाकार लालबहादुर धामी (अछामी बड्डो) र मोडल अनु खड्काको मुख्य अभिनयमा रहेको दुई वचन बोलिजा देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अछामी बड्डो र देवी घर्तीको स्वर तथा लयमा रहेको गीतको म्युजिक भिडियो अछामी बड्डोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। उक्त गीतको म्युजिक भिडियोमा अछामी बड्डोसँगको मुख्य अभिनयमा मोडल अनु खड्काले साथ दिएकी छन्।

पेशाले स्वास्थ्यकर्मी रहेकी खड्का पछिल्लो समय मोडलिङ्कमा पनि स्थापित हुँदै गएकी छन्। राजेन्द्र शाह बिपीको शब्दमा रहेको देउडा गीतको म्युजिक भिडियोको निर्देशन भीम थापा र छायाँकन अमृत उपाध्यायले गरेका हुन्।

अभिनयमा मुख्य भूमिकामा रहेका धामी र खड्कालाई कलाकारहरु प्रदिप पाल, समिक्षा भट्ट, सागर चन्द ठकुरी, अनु चन्द लगायतले साथ दिएका छन् भने दृष्य निर्माण खप्तड फिल्मस्ले गरेको छ।

कमेन्ट लोड गर्नुस