सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनमोल केसीको ’जेरी अन टप’ मा माग्ने बुढा पनि अनुबन्धित

२०८१ असोज ११, ०९:२६ खबर संवाददाता

काठमाडौँः फिल्म ’जेरी अन टप’ मा हास्य कलाकार केदार घिमिरे ’माग्ने बुढा’ अनुबन्धित भएका छन्।

शुक्रवार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ। फिल्मको शीर्षमध्येको भूमिकामा केदारलाई अनुबन्ध गरिएको निर्माता सरोज न्यौपानेले बताए। योसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ पूरा भएको पनि न्यौपानेले बताए।

सुयोग गुरूङको निर्देशनमा बन्न लागेको यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त यसअघि नै अनुबन्धित भइसकेका छन्। केदार र अनमोलले फिल्ममा पहिलोपटक सहकार्य गर्न लागेका हुन्। यो फिल्मको कथा हेमराज बिसीले लेखेका हुन्। फिल्मको स्क्रिप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। 
 

कमेन्ट लोड गर्नुस