सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एसिया कप छनोटबाट बाहिरीयोे

२०८१ असोज ११, ०६:०९ खबर संवाददाता

काठमाडौंः एएफसी यु–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ।

शुक्रवार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनका लागि समी बसम अवादीले दुई गोल गरे। खालिद अल्खलाफ र अलि अहमेद हसनले समान १–१ गोल गर्दा नेपाल ४ –० ले पराजित भएको हो। खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको हो।

पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पुन २ गोल खायो। खेलको ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो। यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो।

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ। नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो।  तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ। छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्।
 

कमेन्ट लोड गर्नुस