सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म ’झिल्को’ को फस्ट लुक सार्वजनिक

२०८१ असोज ११, ०६:०२ खबर संवाददाता

काठमाडौँः फिल्म ’झिल्कोः द स्पार्क’ को फस्ट लुक सार्वजनिक भएको छ।

शुक्रवार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए। पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन्।

मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ। फिल्म झिल्कोः द स्पार्क आगामी पुस ५ गतेबाट देशभरि प्रदर्शन हुँदैछ।

’झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहि अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ। निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस