सुदूर नेपाललाई विश्वसँग जोड्दै

महानायक राजेश हमाल अभिनित फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुर्हूत

२०८१ असोज १०, ०४:४८ खबर संवाददाता

काठमाडौँः दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ।

बिहीवार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो। शुभ मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ र प्राविधिकको उपस्थिति थियो।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको शुभ मुहूर्तमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए। उक्त फिल्मका निर्माता तथा वितरक छविराज ओझा हुन। यसै फिल्मबाट अभिनेता राजेश ८ वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्।

अभिनेता हमालले फिल्मको स्टोरी आफूले अहिलेसम्म अभिनय गरेको भन्दा फरक रहेकोले अभिनय गर्न लागेको बताए। फिल्मकी अभिनेत्री नीति शाहले आफूलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडिएको बताइन्।

आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारको अभिनय रहनेछ। 
 

कमेन्ट लोड गर्नुस