सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यु –१७ च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित

२०८१ असोज ७, ०५:४३ खबर संवाददाता

नेपालले साफ यु–१७ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमवार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए। प्रतियोगितामा नेपालले यसअघि शनिवार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो। अब नेपालले अर्को खेल भुटानसँग बुधवार खेल्ने तालिका रहेको छ।
 

कमेन्ट लोड गर्नुस