सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

२०८१ भदौ ३१, ०५:५९ खबर संवाददाता

काठमाडौँ: पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबिच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ। सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। 
 
केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उनले जानकारी दिए। केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो। 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताए।

कमेन्ट लोड गर्नुस