सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रिमियर लिगको लागि दिपेन्द्रसिंह बने सुदूरपश्चिमका क्याप्टेन

२०८१ भदौ २९, ०४:२० खबर संवाददाता

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिवार टुंगो लागेको छ। नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र मार्फद छनौट गरिएको हो।

मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएलको पहिलो संस्करणका लागि सुदूरपश्चिम प्रदेश टिमको क्याप्टेनमा स्ट्रार क्रिकेटर सुदूरपश्चिमकै दिपेन्द्रसिंह ऐरी लक्की ड्र मार्फद छानिएका छन। नेपाल क्रिकेट संघले शुक्रवार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो।

शनिवार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो। जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।  छनौट गरेको मार्की खेलाडीले ३ बर्ष सम्म खेल्नु पर्ने हुन्छ भने टिमबाट रिलिज गर्ने अधिकार फ्रेन्चाईज टिमसँग हुने छ।
 

कमेन्ट लोड गर्नुस