सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा आज पनि दुई खेल हुने

२०८१ भदौ २७, १२:३७ खबर संवाददाता

काठमाडौंः एन्फा महिला लिग फुटबलमा आज (बिहीवार) दुई खेल हुँदै छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अंक जोडेको छ। बागमतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ। यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अंक जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अंक जोडेको छ। यसअघि बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई २–० ले हराउँदै संकटाले पहिलो जित निकालेको थियो। पहिलो खेलमा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ। 

कमेन्ट लोड गर्नुस