सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२०८१ भदौ २७, १०:०७ खबर संवाददाता

काठमाडौंः मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छन्।

बुधवार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उनले उपाधि चुमिन्। आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी विजेतालाई ताज पहिराइ दिएकी थिइन्।

जितसँगै घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। स्मृति सिंह फस्ट रनरअप, अक्सिता क्षेत्री सेकेण्ड रनरअप, करिभिना इभा थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भए। फोर्थ रनरअप  बम सुन्न तथा बोल्न समेत सक्दैनन्।

कमेन्ट लोड गर्नुस