सुदूर नेपाललाई विश्वसँग जोड्दै

१९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप हुने

२०८१ भदौ २७, ०९:१९ खबर संवाददाता

एजेन्सीः एशियाली क्रिकेट परिषद् (एसीसी) ले १९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना गर्ने भएको छ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसीको कार्यकारी बोर्डको बैठकले एशिया कप गर्ने निर्णय गरेको हो। एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महिला टी ट्वान्टी एशिया कप गर्ने निर्णय गरेको एसीसीले जनाएको छ।

आफ्नो इतिहासमा पहिलो पटक एसीसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ। जसले लैङ्गिक समानतालाई बढवा दिन सहयोग गर्ने एसीसीको विज्ञप्तीमा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस