सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजय जोशीको ‘तिमीसँग छुट्नु परे’ गीत सार्वजनिक

२०८१ भदौ २५, ०७:४० खबर संवाददाता

धनगढी : विजय जोशीको शब्द रचनामा आधारित गीत ‘तिमीसँग छुट्नु परे’ सार्वजनिक गरिएको छ। यो गीत सोमवार साँझ देउराली क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा गायक वसन्त साधकले स्वर दिएका छन्। गीतका शब्द विजयले लेखेका हुन् भने सँगीत संयोजन साधकले गरेका छन्। गोविन्द सोनीले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।

यस गीतको छायाङ्कन र सम्पादन जगत साउँदले गरेका छन्। गीतको रेकर्डिङ कैलालीको अत्तरियामा रहेको साधना रेकर्डिङ स्टुडियोमा गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस