सुदूर नेपाललाई विश्वसँग जोड्दै

बम विस्फोटमा परि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु

२०७६ जेठ ३२, ०५:१४

बम विस्फोटमा परि घाइते भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ। गते जेठ १२ गते काठमाण्डौमा भएको बम विष्फोटमा घाइते भएका रामकुमार श्रेष्ठको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त विष्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने, घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ। यस्तै सुकेधारा विस्फोटमा घाइते भएका सैलुन सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस