सुदूर नेपाललाई विश्वसँग जोड्दै

घनश्याम विश्वकर्मा बने यस वर्षको ‘ग्लोकल टिन हिरो’

२०८१ भदौ १७, ०५:४५ खबर संवाददाता

काठमाडौँः ग्लोकल प्रालिले आयोजना गरेको ‘ग्लोकल टिन हिरो २०२४’ रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले जितेका छन्।

ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द सोल्टी काठमाडौमा गरिएको हो।

गोल्छा ग्रुरुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्सा बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो।  

कमेन्ट लोड गर्नुस