सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय स्तरीय डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो हुँदा एसपीए कलेज दोस्रो

२०८१ भदौ १२, ०९:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता–२०८१ म ऐश्वर्य विद्या निकेतन पहिलो भएको छ।

यस्तै एसपीए कलेज दोस्रो, शैलेश्वरी इङ्लीस बोर्डिङ स्कुल तेस्रो र थ्री स्टार बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्।

सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, भेसभुसा रहन सहनको प्रचार प्रसार एवं युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै लोक संरकृति पुस्तान्तरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठानद्वारा संयुक्त रूपमा गौरा महोत्सवको आयोजना गरेको हो।

यही भाद्र १० र ११ गते सञ्चालन रहेको ९ औँ सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता–२०८१ मा धनगढीका ११ विद्यालयहरू सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस