सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लियो

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०९:५८

यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ। यसअघि विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो। नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो।

थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहुने विभागले जनाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले भाडावृद्धिको निर्णय फिर्ता लिएको बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस