सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवाको विज्ञापन तत्काल रद्द गर्न कांग्रेसको माग

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०३:२७

नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन गर्न माग गरेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनामा कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने बताएको छ।

संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न दिएको निर्देशनमा कांग्रेसको समर्थन रहेको बताएका छन्। तर करारमा कर्मचारी भर्ना गर्न नहुने बताउँदै उनले संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्ना प्रक्रिया पुन सुरु गर्नुपर्ने र आवेदकहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस