सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऊर्जामन्त्री खड्का र मुख्यमन्त्री शाह बीच भेटवार्ता 

२०८२ साउन १३, ०४:२९ रासस

कैलालीः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आज धनगढीमा भेटघाट भएको छ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा दुवैबीच भएको भेटमा समसामयिक तथा ऊर्जा र सिँचाइका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सङ्घ र प्रदेशबीचको सम्बन्ध, काममा गर्नुपर्ने समन्वयको बारेमा छलफल भएको छ। 
मन्त्री खड्काले जनतामा देखिएको निराशालाई चिरेर कामबाटै नतिजा निकाल्न र मुलुकको समृद्धि यात्रा सफल बनाउन तीन तहकै सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए। 

प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र, प्रदेश समन्वय, योजनाको कार्यान्वयन र सेवा प्रभावकारिता बारे छलफल भएको बताइएको छ । मन्त्री खड्काले यहाँ भइरहेको जलस्रोतसम्बन्धी प्रमुख आयोजनाको प्रगति, समस्या र अवसरबारे जानकारी लिएका थिए। 
 

कमेन्ट लोड गर्नुस