मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिने भएका छन।
साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन।

सोमवार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ।
यस्तै १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (हिप) जारी गरेको छ।
.gif)

