सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र यूएईबीच नयाँ समझदारी हुने

। फोटो स्रोत ।
२०७६ जेठ २९, ०३:३८

नेपाल र यूएईबीच श्रम समझदारी (एमओयू) हुने भएको छ। आउँदो शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  गोकर्ण  विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्वीट्जरल्याण्डको जेनेभामा भैरहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहको ‘साइडलाइन’ कार्यक्रममा सम्झौता हुने तय भएका हो। यसअघि मंगलबारको समारोहमा अफ्रिकी देश मरिसससँग श्रम समझदारी भैसकेको छ।

नेपालले यूएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गर्न लागेको हो। नेपालको चौथो ठूलो श्रम गन्तव्यका रुपमा रहेको यूएईसँग नेपालले पहिलोपटक सन् २००७ मा श्रम समझदारी गरेको थियो।

कमेन्ट लोड गर्नुस