मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
काठमाडौँः निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री केपी शर्माओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमवार भेट गरेर स्थानीय तहका रिक्त पदमा मंसिर दोस्रो साता उपनिर्वाचन गर्नेगरी तयारी गर्न सुझाएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको हो। मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले प्रधानमन्त्री ओलीलाइ जानकारी गराएको छ।