अफ्रिकामा एक जातीय समूहले गरेको आक्रमणमा १ सय जनाको मृत्यु

अफ्रिकी मुलुक मालीमा एक जातीय समुहले गरेको आक्रमणमा परि करिव एक सय जनाको र्मत्यु भएको छ। मृत्यु हुने मध्ये ९५ जनाको शव फेला परेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा डोगोन जातीय समूहले करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन्।
फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए। आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन्। पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन्। यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ। मालीको सरकारले शंकास्पद आतंककारीहरुले गाउँमा आक्रमण गरेको जनाएको छ।

उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए। आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि नलिएको अधिकारीहरुले जनाएका छन्।