सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मनसुन पुग्न अझै दुई साता लाग्ने

२०७६ जेठ २७, ०४:५४ खबर संवाददाता

नेपालमा मनसुन पुग्न ढिलाई हुँदा सुदूरपश्चिममा मनसुन भित्रिन पनि झण्डै २ हप्ता ढिलाई हुने भएको छ। सामान्यतया जुन १० अर्थात आजदेखि बर्षा गराउने मनसुन भित्रनुपर्ने भए पनि पुर्वी नेपालमा एक हप्ता ढिलो गरी भित्रने भएपनि सुदूरपश्चिममा भित्रिन अझै दुई हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस बर्षको मनसुन अर्को हप्तासम्म नेपालको पुर्वी क्षेत्रमा भित्रने र त्यस्को एक हप्तापछि मात्रै सुदूरपश्चिम पुग्ने छ। 

प्रि–मनसुन र हिउँदे बर्षा भने पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमा पनि रहने मौसमविद् समिर श्रेष्ठले बताए। यद्यपी मनसुन सक्रिय नभए सम्म भने कैलाली, कञ्चनपुरमा तापक्रम नघट्ने उनले बताए। पश्चिम तराईका जिल्लामा केहि दिन सम्म मौसमा कुनै बदली समेत आउन सम्भावना नरहेको उनको भनाई छ। पहाडी जिल्लामा भने मेघगर्जन सहित बर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। विहिवार राती आएको हावाहुरी जस्तै हावाहुरी चल्ने सम्भावना समेत नरहेको उनको भनाई छ। 
 

कमेन्ट लोड गर्नुस