सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला एशिया कप क्रिकेटको सेमिफाइनल खेल आज

२०८१ साउन ११, ०१:१४

काठमाण्डौः श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ।

पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन्। समूह ’ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा रहँदै र पाकिस्तान दोस्रो स्थानमा रहेर सेमिफाइलनमा पुगेका हुन्। यस्तै समूह ’बी’ बाट सबै खेल जितेर श्रीलङ्का शीर्ष स्थानमा रहँदै र बङ्गलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन्।
 

कमेन्ट लोड गर्नुस