काभा यू–२० महिला भलिबलमा नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्ने
काठमाडौंः काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ।
लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो। लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रह्यो।
दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल ३ अंकसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो। लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ।
दुवै समिफाइनल खेल सोमवार हुनेछ। पहिलो सेमिफाइनल स्थानिय समय अनुसार ४ बजे हुनेछ। यस्तै नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाईनल खेल राती स्थानिय समय ८ः३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ।