सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिमलताल दुर्घटनामा बेपत्तामध्ये १३ जनाको शव भेटियो

२०८१ असार ३१, ०८:११ खबर संवाददाता

काठमाडौँः चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रवार बिहान गएको पहिराले बगाएर बेपत्ता भएका यात्रुमध्ये १३ जनाको शव भेटिएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले सोमवार मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिए।

नवलपुरमा मात्रै हालसम्म नौ वटा शव भेटिएका छन्। तीमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिए। सोमवार यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन। शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। 
 

कमेन्ट लोड गर्नुस