कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ
२०८२ मंसिर २८, ०४:२०
कञ्चनपुर: कृष्णपुर नगरपालिका–८, काठमाडौं टोलबाट अवैध लागूऔषधसहित २६ वर्षीय भरत राना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई ५ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको जनाएको छ।
कमेन्ट लोड गर्नुस