सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पर्यटन मन्त्रालयको बजेट पक्कै यस्तो आउँला

२०७६ जेठ २२, ०२:५६ खबर संवाददाता

पर्यटन सम्बृद्धिको आधार भन्ने हाम्रो राष्ट्रिय नारालाई यर्थाथमा बदल्ने प्रयासमा सुदूरपश्चिम सरकार र यहाँको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कटिबद्ध र प्रतिबद्ध छ भन्नेमा दुईमत छैन्। मन्त्रालयको अधिकांश बजेट सुदूरपश्चिमको पर्यटन गुरु योजना बमोजिम बनेको हुनुपर्दछ र लिखित योजना तयार नपारिएको भएपनि मन्त्रालय र मन्त्रीद्धयको सुझबुझबाट पक्कै पनि सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई योजनाबद्ध र दिगो पर्यटनको मार्गमा डोर्याउने बजेट आउनेछ भन्नेमा हामी यस क्षेत्रका बासिन्दा, व्यवसायी, सरोकारवालाहरु विश्वस्त छौँ। लामो भूमिका बाधेर भन्दा पनि बुँदागत ढंगमा अब आउन सक्ने सम्भावित बजेटको खाकामा यहाँहरुलाई प्रवेश गराउँदैछु । 

१. सुदूरपश्चिमको पर्यटकीय गुरुयोजना निर्माण :
सुदूरपश्चिम क्षेत्रको पर्यटन गुरुयोजना निर्माण गरी अगाडि बढनुपर्छ भन्ने माग र आवाज धेरै पहिला देखीको नै हो। यस क्षेत्रका पर्यटन व्यवसायी, अगुवा, अभियन्ता र पर्यटनमा चासो राख्ने राजनतिक वृत्तका व्यक्तित्वहरु समेतको निरन्तर पहलकदमीले सो कार्यका लागि नेपाल पर्यटन बोर्डले अग्रसरता लिएको थियो। जसका लागि प्रारम्भिक बैठक तथा छलफल २ वर्ष अगाडि महेन्द्रनगरमा आयोजना गरिएको थियो। सबैको एकमत र सुझबुझबाट यो काम प्रदेश पर्यटन मन्त्रालयको अगुवाई र नेपाल पर्यटन बोर्डको प्राविधिक सहयोगमा हुदा उपयुक्त हुने ठम्याई भएपछि तत्काललाई नेपाल पर्यटन बोर्ड पछि हट्यो तर प्रदेशमा बन्ने पर्यटन मन्त्रालयलाई प्राविधिक सहयोग उपलब्ध गराउने मौखिक सहमतिमा। आ.व. २०७५÷७६ मा मन्त्रालयको बजेट तथा कार्यक्रममा हामीले गुरुयोजना पाउने आशा कमै थियो किनभने मन्त्रालय आफै व्यवस्थित हुन सकेको थिएन। अहिले मन्त्रालय सक्षम छ, मन्त्री र राज्यमन्त्री ज्यू पनि निरन्तर अभ्यास र लगावमा हुनुहुन्छ । आउँदो आबको बजेट तथा कार्यक्रममा सुदूरपश्चिमको पर्यटकिय गुरुयोजना निर्माण गर्ने शिर्षक र रकम पक्कै आउने छ। 
गुरुयोजना निर्माण पश्चात त्यसको मर्म र उपलब्धिका लागि पर्यटन मन्त्रालय, स्थानिय तह, सरोकार बाला संघ संस्था, पर्यटन ब्यवसायि र सरोकारवालाहरुले आत्मसात गर्नेछन्। योजना बमोजिम काम हुदै गए हामी ५ वर्ष भित्रमै सुदूरपश्चिममा लोभ लाग्दो पर्यटकिय चहल पहल र वातावरण सिर्जना भएको हेर्न पाउनेछौं। एउटा सिस्टम र प्रक्रियाको विकास हुनेछ। गाउँगाउँका बासिन्दाले पर्यटनलाई बुझनेछन र आत्मसात गर्न पाउनेछन्। मन्त्री ज्यूहरुलाई पनि कार्यकर्ताको अनावश्यक दबाब झेल्नु पर्ने छैन्। यसो भएको खण्डमा पहुँच भन्दा प्राथमिकताका योजनाले निरन्तरता पाउनेछन्। शहरदेखि ग्रामीण तह सम्म पर्यटनको क्षेत्रमा आवश्यकता बमोजिमको लगानी र प्रवद्र्धन हुनेछ। 

२. हिमालहरुको प्राविधिक अध्ययनः
अहिले नेपाल सरकारले आरोहणका लागि सुदूरपश्चिम प्रदेशका अपी र साईपाल हिमाल लगायत १६ वटा हिमालहरुमा आरोहण गर्ने अनुमति दिएको छ। पर्यटनमा सबैभन्दा बढि आर्थिक चहलपहल गराउने र राज्यले राजस्व संकलन गर्ने क्षेत्र मध्येको हिमाल पहिलो नम्बरमा पर्दछ। सगरमाथा चढन एउटा विदेशीले सरकारलाई राजस्व वापत मात्र २५ हजार डलर तिर्नुपर्दछ। वर्षेनी सगरमाथा चढ्न हजारौ विदेशी पर्यटकहरु नेपाल आउँछन् र वर्षेनी सगरमाथामा आराहीहरुको ट्राफिक जाम हुन्छ ।
तर हाम्रा अपी साईपाल लगायतका हिमालमा आरोहीहरु गएको हेर्न यदाकदा पाईन्छ र गएकाहरु पनि अहिले सम्म सफल आरोहण गर्न सकेका छैनन्। त्यती टाढाबाट आईसकेपछि जो कोही आरोहीको मनमा शिखर चुम्ने लक्ष्य हुन्छ र त्यसैका लागि लाखाँै खर्च गरेर ज्यानलाई जोखिममा राखेर आरोहणका लागि समय छुटयाउँछ। यसका बाबजुद पनि सफल आरोहण हुदैन भने, चढ्नै नसकिने हिमालमा गएर किन श्रोत, समय र उत्साह खेर फाल्ने। सगरमाथा आरोहण गरे, विश्वको अग्लो शिखर आरोहण गरे भन्ने पनि भयो । 
सगरमाथामा धेरै आरोही जान्छन भन्नुको अर्थ सगरमाथा आरोहणका लागि सजिलो छ भन्ने पनि होईन, सजिलो बनाईएको हो। आरोहीहरुलाई आरोहण गर्न अनुमती दिन एक महिना अगाडी नै दक्ष र विज्ञ शेर्पा तथा प्राविधिकहरुको समूह सगरमाथाको शिखरमा पुगिसकेको हुन्छ।  निर्धारण गरिएको बाटोको ईन्फेक्सन हुन्छ। ठाउँठाउँमा राखिएका भ¥याङहरु कस्तो अवस्थामा छन्, डोरीहरु कहाँ फिक्स गर्ने लगायतका प्राविधिक पक्षहरुको अनुगमन र अपडेट पश्चात मात्र आरोहिहरु सगरमाथा आरोहणका लागि तयार हुन्छन् । 
अपि र साईपाल हिमाल अहिले सम्म आरोहण हुन सकेनन भनेर हामिले चित्त दुखाउने ठाउँ छैन, किनभने यि हिमालहरुको अहिलेसम्म प्राविधिक अध्ययन नै भएको छैन्। कुन ठाउँबाट उक्लने, कहाँ झर्ने, कहाँ भ¥याङ प्रयोग गर्ने कहाँ डोरी टाग्ने, कति बजे आरोहण गर्ने, हावाको चाप कस्तो छ यी त सबै प्राविधिक विषय हुन। यिनको अध्ययन गराएर आरोहण गराए पो आरोहीहरु सकुशल आरोहण गर्लान र अरुलाई पनि निम्ता गर्लान। आरोहणै गर्न नसकिने हिमालको सिफारिस गर्ने कुरो पनि भएन। 
यसर्थ आउदो चालु आबको बजेट तथा कार्यक्रममा अपि र साईपाल हिमालको प्राविपधक अध्ययन शिर्षक समेटिएको हुनेछ र सो शिर्षक तथा कार्यक्रम राख्न पाएकोमा मन्त्रालय गौरवाम्वीत महसुस गर्नेछ । 
३. खप्तड क्षेत्रः
सुदूरपश्चिमको पर्यटकीय मुटु मानिएको खप्तड क्षेत्रको विकासको लागि पर्यटन मन्त्रालय संगसँगै अन्य मन्त्रालयहरु पनि मिले सम्ममा बजेट र कार्यक्रम छुटयाउन आतुर छन्। सबैको चासो खप्तडको पर्यटन विकासमा केन्द्रित छ। अहिलेको अवस्थामा खप्तडमा पहिलो आवश्यकता भनेको पर्यटकहरुका लागि सुरक्षित र भरपर्दो आवास तथा खानपिन र खप्तडमा निजि क्षेत्रको प्रवेश गर्ने वातावरण मिलाउनु हो। 
यसर्थ यो आवको बजेट तथा कार्यक्रममा मन्त्रालयले कम्तिमा ५० जना क्षमत्ता भएको आवाश गृह निर्माणका लागि बजेट छुटयाउने छ र निजि क्षेत्रलाई लिज आउट गरि होटेल व्यवसाय संचालन गर्ने वातावरण मिलाउनेछ भने अन्य व्यवसाय संचालनका लागि निजि क्षेत्रलाई प्रवेश गराउन संघिय वन मन्त्रालयसँग समन्वय गर्नेछ ।
त्यसैगरी दक्ष र बिज्ञ समुह सहितको चाडो भन्दा चाडो खप्तड क्षेत्र पर्यटन बिकास समिति गठन गरि खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा क्रियाशिल गराउँनेछ। 

४. बडिमालिका, बुढिनन्दा, थान ज्याबन, सूर्मासरोवर, रामारोशन, तालको लेक, काफलि शिखर, लट्टिनाथ, कैलाश गुफा, पाताल भूमेश्वर गुफा, आलिताल र बेदकोट तालः
मन्त्रालयको आउदो आबको बजेट तथा कार्यक्रममा बडिमालिका र बुढिनन्दा (बाजुरा), थान ज्याबन, सूर्मासरोवर र कैलाश गुफा(बझांग), रामारोशन (अछाम), तालको लेक र काफलि शिखर(डोटि), लट्टिनाथ(दार्चुला), पाताल भूमेश्वर गुफा (बैतडी), आलिताल (डडेलधुरा) र बेदकोट ताल(कंचनपुर) का यि पर्यटकीय क्षेत्रको मार्गमा पर्ने गाउँहरुमा होमस्टे तयार पार्न स्थानिय बासिन्दालाई उत्प्रेरित गराउने, यि स्थान पुग्ने मार्गहरुमा साईनेज र सूचना पार्टि स्थापना गर्ने, ठाउँठाउँमा टवाईलेट र खानेपानि सेवा उपलब्ध गराउने कार्यक्रमहरु समेटिएर आउनेछन्। 

५. शुक्लाफाँटा र कर्णालि नदीमा  र्‍याफ्टिङ
आउँदो आवको बजेट तथा कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बिशेष प्राथमिकतामा राखिनेछ। बृहत शुक्लाफाँटा महोत्सवको आयोजना गरि आन्तरिक, भारतिय पर्यटक र तेस्रो मुलुकका पर्यटकहरुलाई आर्कषित गरिनेछ ।
त्यसैगरि चिसापानी देखि सोल्टा सम्मको बाटोलाई पिच गरि सोल्टामा होमस्टेका लागि स्थानिय बासिन्दाहरुलाई तयार गरिनेछ। ¥याटिंङ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जले लिने शुल्कमा सहुलियत गराउन पहलकदमी गरिनेछ। 

घोडाघोडी र जाखोरबाबा तालः
मन्त्रालयको आउदो आबको बजेट तथा कार्यक्रममा घोडाघोडी ताल वरिपरि साईकल लेन निर्माण, बिभिन्न स्थानमा शौचालय निर्माण गरिनेछन्। साथसाथै बिभिन्न स्थानमा भ्यु टावर पनि निर्माण गरिनेछन्। त्यसैगरि जाखोर बाबा ताललाई सौन्दर्यकरणका लागि नगरपालिका तथा स्थानिय बनसँगको सहकार्यमा कार्यक्रम संचालन गरिनेछन्। 

सौन्दर्यकरणः
मालिकार्जुन मन्दिर, त्रिपुरासुन्दरी र मेलौली भगवति मन्दिर, उग्रतारा, शैलेश्वरी, बैजनाथ, सूर्मादेबि, उत्तरबेहडिमा अवस्थित ज्यार्तिलिंग धाम, टिकापुर पार्क आदिको सौन्दर्यकरणका लागि आवश्यक बजेट तथा कार्यक्रम छुटयाईनेछ । 

६. दक्ष जनशक्ति उत्पादनः
मन्त्रालयको चालु आवको बजेट तथा कार्यक्रममा जलयात्रा, पर्बतारोहण, पदयात्रा, जंगल सफारि, पोर्टर, कुक, हेल्पर जस्ता दक्ष जनशक्ति उत्पादन गर्नका लागि नाथम, पर्बतिय प्रशिक्षण प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, नेपाल पर्बतारोहण संघ, साईपाल र अपि हिमाल शाखा जस्ता संस्थासँग सहकार्य गरि दक्ष जनशक्ति उत्पादन गरिनेछन् । 

७. प्रचार प्रसार र प्रवद्र्धनः
नेपाल पर्यटन बोर्ड, नाट्टा सुदूरपश्चिम प्रदेश संघ जस्ता संस्थाहरुसँगको सहकार्यमा भारतिय सिमावर्ति बजार र तेस्रो मुलुकका सम्भावित पर्यटकिय बजारहरुमा प्रचार प्रसार तथा प्रवद्र्धन गरिनेछ । साथसाथै मन्त्रालयको चालु आवको बजेट तथा कार्यक्रममा सुदूरपश्चिमको मौलिक प्रोडक्टहरु उत्पादन तथा प्रवद्र्धनमा जोड दिईनेछ । 

कला संस्कृति संरक्षण तथा प्रवद्र्धनः
मन्त्रालयले चालु आवको बजेट तथा कार्यक्रममा सुदूरपश्चिममा अवस्थित लोपोन्मुख समेत कला संस्कृति (भूवो, छलिया, धमाली, शौका नृत्य, हुडक्यौली, गौरा, डेउडा आदि) को संरक्षण र प्रवद्र्धनका लागि बिशेष चासो र उत्साहका साथ बजेट तथा कार्यक्रम ल्याउनेछ । साथसाथै बिशु पर्ब, चैते दशै, भाद्र संक्रान्ति, मकर संक्रान्ति जस्ता मौलिक चाडपर्ब संरक्षण र सम्बद्र्धनका लागि आवश्यक कार्यक्रमहरु ल्याउनेछ । 

संदेशमुलक कार्यक्रमहरुः
पर्यटनसँग सम्बन्धित बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु उत्पादन गर्न लगाई प्रकाशन, प्रसारण गरि प्रचार प्रसार गरिनेछन ।

९ वटै जिल्लामा पर्यटन सूचना केन्द्र निर्माण
पर्यटकहरुलाई सूचनाका लागि सहज होस भनेर प्रत्येक जिल्लामा पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछन र तिनको दिगोपनको लागि स्थानिय नगरपालिका वा सरोकारबालाहरुको समिति निर्माण गरि सहकार्यमा संचालन गरिनेछन् । 

संघिय मन्त्रालय र केन्द्रिय सरकारसँगको सहकार्य
भोलिका दिन ठूलो सम्भावना बोकेको चैनपुर ताक्लाकोट सडक निर्माण, धनगढि एअरपोर्टको स्तरोन्नति, पहाडि जिल्लामा निर्माणाधिन रहेका एअरपोर्ट र जहाज संचालन गर्ने सवालमा संघिय मन्त्रालय तथा केन्द्रिय सरकारसँग पहलकदमि गरिने छ । 

भैपरी  आउने कार्यक्रमहरुः
बिभिन्न मेला महोत्सव, उत्सव र पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरुका लागि आवश्यकता र प्रभाव बमोजिमका कार्यक्रमहरु आवश्यकता र महत्वअनुसार तयार पारि कार्यान्वयनमा ल्याईनेछन । 
(लेखक बिगत १० बर्ष देखि सुदूरपश्चिमको पर्यटन क्षेत्रमा क्रियाशिल छन् ।)

 

कमेन्ट लोड गर्नुस