सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा बम विस्फोट हुँदा ८ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २०, १०:१६

अफगानिस्तानमा बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। अफगानिस्तानको घाज्नी प्रान्तमा प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटमा अरु सात जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। शनिबार राति हमलाकारीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन्।

घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए। विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको खानले बताए।  विस्फोट गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ।  
 

कमेन्ट लोड गर्नुस