सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा नगरक्षेत्रका विद्यालयमा ४ दिन बिदा

२०८१ असार ३, ०५:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विद्यालयहरुमा ४ दिन बिदा दिइएको छ। नगरपालिकाले यही असार ४ गतेदेखि ७ गतेसम्म विद्यालयहरुमा गर्मी बिदा दिइएको हो।

गर्मी बढिरहेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाई उत्पन्न भएको भन्दै नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएको हो। साथै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।May be an image of ticket stub and text

कमेन्ट लोड गर्नुस