सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप: नेपाल र बङ्ग्लादेशबीचको खेल सुरु, नेपाल टस जितेर बलिङमा

२०८१ असार ३, ०५:३८ खबर संवाददाता

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र बङ्ग्लादेशबीचको खेल सुरु भएको छ। वेस्ट इन्डिजको किङ्ग्सटाउन नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। बङ्ग्लादेशले ब्याटिङ थालेको छ । नेपालका सोमपाल कामीले बङ्ग्लादेश हसनको विकेट लिएका छन।

पहिलो  दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर आजको खेलमा नेपाललाई इतिहास रच्ने अवसर पनि छ । आजको खेल जित्दै सुपर आठमा पुग्ने बङ्ग्लादेशको सम्भावना भने कायमै छ।

नेपाललाई हराएमा बङ्ग्लादेश सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर नेपालसँग हारेमा समूह ‘डी’ कै अर्को खेल अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो। त्यति बेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो। टेस्ट मान्यता प्राप्त देशसँग यसअघि १२ वटा टी–२० खेलेको नेपालले जित्न सकेको छैन।

आज बङ्ग्लादेशलाई  हराउन सकेमा नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन हुनेछ। टी–२० विश्वकपमा भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ।  

कमेन्ट लोड गर्नुस